×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत महसुल नतिर्ने निमुखाहरुको लाइन काट्दै प्राधिकरण, ठूलाको अरबौँ बक्यौतामा अझै मौन ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विद्युत महसुल नतिर्ने निमुखाहरुको लाइन काट्दै प्राधिकरण, ठूलाको अरबौँ बक्यौतामा अझै मौन ! 

Artha Sarokar

२५ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय विद्युत महसुल उठाउने कार्यमा आक्रामक बनेको नेपाल विद्युत प्राधिकरणले २६ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले गत कात्तिक १२ गतेदेखि २३ गतेसम्म महसुल नबुझाउने २६ हजार ग्राहकको लाइन काटेको हो । 

लाइन काटिएका ग्राहकहरुबाट बक्यौता बापतको करिब ६२ करोड रुपैयाँ उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार मधेश प्रदेशमा ४ हजार ८ सय ५२ जना, कोशी प्रदेशमा ४ हजार ३ सय ३१ जना, लुम्बिनी प्रदेशमा ४ हजार १८ जना, बाग्मती प्रदेशमा २ हजार ७ सय ९३ जना, गण्डकी प्रदेशमा २ हजार ७ सय ५५ जना कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेत मातहतका वितरण केन्द्रहरुले ६ सय २४ जना ग्राहकको लाइन काटेको छ । 

यसरी लाइन काटिनेहरुमा भने अधिकांश सर्वसाधारण रहेका छन् । अझ त्यसमाथि पनि अधिकांश नागरिक मन्दी र महंगीको चपेटामा परेर महसुल तिर्न नसक्ने स्थितिका रहेका छन् । 

तर, महसुल तिर्न नसक्ने सर्वसाधारणको लाइन काटिरहेको विद्युत प्राधिकरण ठूला ग्राहकको अरबौँ बक्यौतामा भने मौन छ । प्राधिकरणको विद्युत् महसुल नतिर्नेमा सरकारी कार्यालय, सिमेन्ट उद्योग, मन्त्रालय, ठूला उद्योगी–व्यापारीहरु पनि छन् । यतिसम्म कि प्राधिकरणबाट डेडिकेटेड लाइन लिएर पनि सो को बक्यौता नतिर्नेहरु पनि छन् । तर, ती ठूला तथा पहुँचवालाहरुको बक्यौता असुल गर्ने तथा लाइन काट्ने विषयमा भने प्राधिकरण मौन देखिन्छ । यसतर्फ पनि सोच्ने बेला भएन र ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी