काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार होटलको खुद नाफा ८.६८ प्रतिशतले घटेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा १० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको नाफासँगै आम्दानी पनि ४१ करोड ३२ लाख रुपैयाँबाट घटेर ३९ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।
त्यस्तै, होटलको जगेडा कोष भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३२ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षमा होटलले जगेडामा ९९ करोड ८७ लाख सञ्चिति रहेको थियो । यस चालू आर्थिक वर्षमा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भई १ अर्ब ३२ करोड रुपैयाँ संचिती गरेको छ ।
होटलको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.१६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २४ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्