Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको साधारणसभा मंसिर २८ गते, लाभांश पारित हुने, बैठक भत्ता वृद्धि पनि एजेण्डा !

अर्थ सरोकार

काठमाडौँ । लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि घोषणा गरेको लाभांश पारित गर्न मंसिर २८ गतेका लागि साधारणसभा बोलाएको हो । 

बैंकले सेयरधनीका लागि कुल चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने साधारणसभाले उक्त लाभांश पारित गर्नेछ । सो लाभांश पारित भएपछि सेयरधनीमा वितरण गरिनेछ । 

त्यस्तै, बैंकको साधारणसभामा संस्थापक समूहबाट तीन जना र सर्वसाधारण सेयरधनी समूहबाट तीन जना गरी ६ जना संचालकहरुको निर्वाचन समेत हुनेछ । बैंकका अनुसार सोही साधारणसभा मार्फत सञ्चालकहरुले बैठक भत्ताबापत पाउने सेवासुविधा पनि वृद्धि गरिनेछ ।

साधारणसभाका लागि बैंकले मंसिर १३ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । मंसिर १२ गतेसम्म सेयर कायम रहेका सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK