काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो त्रैमासम्ममा १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३१.९९ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा गिरावट आउँदा खुद नाफा प्रभावित भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ७५ लाख रुपैयाँबाट घटेर ७ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ३१.९९ प्रतिशतले घटेर १ करोड ५५ लाख कायम भएको छ ।
यस्तै, लघुवित्तको इम्पेयरमेन्ट चार्ज २ करोड ३२ लाख रुपैयाँबाट बढेर २ करोड ५० लाख रुपैयाँ कायम भएको छ । हाल महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २२ करोड ५४ लाख जम्मा छ । यसको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ ।
संस्थाको कस्ट अफ फन्ड १०.११ प्रतिशत, एनपीएल ४.९२ प्रतिशत, बेस रेट १५.७८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ १ पैसा छ भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ७० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्