काठमाडौँ । काठमाडौँमा ट्याक्सीमा छुटेको ७ तोला सुन ट्याक्सी चालकले फिर्ता गरेका छन् । शनिबार दिउँसो जडिबुटीबाट जोरपाटी जानेक्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमै छुटेको यात्रुको ७ तोला सुन र ४ तोलाका चाँदीका गहना ट्याक्सी चालक रोशन बयलकोटीले फिर्ता गरेका हुन् ।
रोशनले उक्त सुनचाँदीका गहना काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुझाएका हुन् । प्रहरीका अनुसार ट्याक्सीमा छुटेको सुनचाँदीका गरगहनासहितको झोला लिएर ट्याक्सी चालक रोशन स्वयम् ट्राफिक कार्यालयमा पुगेका थिए ।
हाल प्रहरीले उक्त गरगहना रामेछापकी संगिता तामाङलाई हस्तान्तरण गरेको छ ।
प्रहरीका अनुसार ट्याक्सीमा सुनचाँदीका गहना छुटेको भन्दै तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । तामाङले दिएको जानकारी अनुसार प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा उक्त ट्याक्सी चालकको खोजी गरिरहेको थियो । सोही क्रममा ट्याक्सी चालक रोशन आफैँ उक्त सामान लिएर ट्राफिक कार्यालय पुगेका थिए ।
सामान पाएसँगै झोलाधनीले ट्याक्सी चालक रोशनलाई धन्यवाद दिएका छन् । पछिल्लो समय काठमाडौँमा बस तथा ट्याक्सीमा छुटेका सामान प्रहरीमा परेको निवेदनका आधारमा ट्राफिक प्रहरीको खोजतलास शाखाले खोजी गरेर फिर्ता गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्