×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिइन्स्योरेन्सले आइपीओ खुला गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन रिइन्स्योरेन्सले आइपीओ खुला गर्दै

Artha Sarokar

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आइपीओ खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर ४ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको हो ।

कम्पनीको  कात्तिक २१ गतेदेखि आइपीओ जारी गर्ने निर्णयमा सार्वजनिक लेखा समितिले रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो । कम्पनीले तिहार पर्व परेका कारण मिति सारेको दाबीसमेत गरेको थियो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३ सय ५ ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसअनुसार कम्पनीले यसको १ सय ५ अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

रिइन्स्योरेन्सले यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी