Skip to content
LAXMI SUNRISE BANK

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २४ गते 

अर्थ सरोकार

काठमाडौँ । लाभांश पारित गर्नका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि घोषणा गरेको प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको हो । साधारणसभाले पारित गरेपछि मात्रै बैंकले घोषणा गरेको लाभांश सेयरधनीमा वितरण गरिनेछ । 

बैंकको साधारणसभा मंसिर २४ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्नेछ । सभामा लाभांश पारित गर्नेसँगै सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरिनेछ ।

साधारणसभाका लागि बैंकले मंसिर ७ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK