काठमाडौँ । आचार्य लेखिएको जुत्ताको प्रचार भाइरल भएपछि आचार्य बन्धु समाज नेपाल प्रहरीमा जाने भएको छ । समाजको केन्द्रीय समितिको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीविरुद्ध प्रहरीमा उजुरी दिने निर्णय गरेको हो । समाजले आचार्य नाम गरेको जुत्ताको प्रचारलाई भाइरल गर्न उत्पादक कम्पनीले सामाजिक सञ्जालमा ‘ पोस्ट बुस्ट’ समेत गरेको आरोप लगाएको छ ।
अर्थ सरोकारसँग कुराकानी गर्दै समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जुत्तामा आचार्य नाम लेखिएकोप्रति घोर आपत्तिसमेत जनाएका छन् ।
‘जुत्तामै आचार्य लेखिएको रहेछ । त्यतिमात्र होइन उत्पादक कम्पनीले आचार्य जुत्ताको प्रचारलाई बुस्टसमेत गरेको छ ।’, उनले भने, ‘यसले आचार्यहरुको मानमर्दन गरेको छ । यसविरुद्ध हामी प्रहरीमा जान्छौँ र कम्पनीलाई कारवाहीका लागि निवेदन दिन्छौँ ।’
अध्यक्ष आचार्यका अनुसार समाजले तत्काल उक्त जुत्तामा लेखिएको आचार्य थर हटाउन माग गरेको छ । सँगै कम्पनीलाई माफी माग्न लगाउने र कारवाहीका लागि उजुरी दिने निर्णय समाजले गरेको उनले बताएका छन् । उक्त आचार्य जुत्ता उत्पाद कम्पनीविरुद्ध समाज सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो जाने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्