Skip to content
LAXMI SUNRISE BANK

सोमबार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० रुपैयाँले बढेर १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १४५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार १ सय १५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK