काठमाडौं । तिहार बिदा पछिको पहिलो कारोबारको दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल २८४ कम्पनीको ३३ लाख १९ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्ट्रीलरीको भएको छ । यस कम्पनीको ७ करोड ३६ लाख २५ हजार ६ सय ६६ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा कर्णाली डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तिय संस्था, सहस उर्जा लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल र खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा हिमालयन डिस्ट्रीलरीको भएको छ । यस कम्पनीको ७ करोड ३६ लाख २५ हजार ६ सय ६६ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, शिवम् सिमेन्ट र सानिमा जीआइसी इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । फरवार्ड माइक्रोफाइनान्समा यस्तो गिरावट आउँदा सयपत्री हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, हिमालयन डिस्ट्रीलरी र पिपुल्स हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्