काठमाडौं । युनिलिभर नेपालले वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले मंसिर २६ गते ३० औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीको सभा काठमाडौंको होटल याक एन्ड यती दरबारमार्गमा दिउँसो ४:३० बजेदेखि सुरु हुने भएको छ ।
सो सभाले कर सहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।
सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमा छलफल हुने भएको छ । सोही आर्थिक वर्षको नाफा-नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । साथै, नियमावली संशोधन गर्नुपरेमा त्यसमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । सेयरधनीले मंसिर ११ गतेसम्म प्रस्तावित लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्