काठमाडौं । धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सुचना जारी गर्दै लघुवित्तको सेयर कारोबार फुकुवा गरेको जानकारी गराएको हो ।
आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा सम्बन्धि निर्णय समयमा जानकारी नगराएको भन्दै नेप्सेले कार्तिक २४ गतेदेखि लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो । साथै, नेप्सेले ३ दिन भित्र कारणसहित स्पष्टिकरण पेश गर्न भनेको थियो ।
धौलागिरी लघुवित्तले मङ्सिर ४ गते नेप्से समक्ष ‘सर्भर मेल’मा समस्या आएका कारण समयमै जानकारी गराउन नसकिएको र आगामी दिनमा सचेत भई गल्ति नदोर्याउने प्रतिबद्धता व्यक्त गरेपछि सेयर कारोबार फुकुवा भएको हो ।
तसर्थ, आज बुधबारबाट लघुवित्तको सेयर कारोबार पुन: सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्