काठमाडौँ । ईसेवामार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु भएको छ । बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुचारु भएको हो ।
विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले मनिग्राममार्फत ईसेवाबाट सुरक्षित र विश्वासिलो तरिकाले नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवाका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् ।
यस्तै, ग्राहकहरूले पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन् । अफर अन्तर्गत आगामी दश दिनसम्म मनिग्राममार्फत नगद पठाउदा अतिरिक्त सय रुपैयाँ बोनस पाउनुका साथै टिसर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त गर्नेछन् । साथै, नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ । यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ । साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन हामी प्रतिबद्ध छौँ ।’
मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । कम्पनीको सेवा विश्वभरी सञ्चालनमा रहेका हुँदा आफ्ना मूल्यवान ग्राहकहरूलाई भरपर्दो, र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।
ईसेवाले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।