Skip to content
LAXMI SUNRISE BANK

एफपीओको कर विवादबारे सर्वोच्चमा परेको मुद्दामा आज सुनुवाइ हुँदै 

अर्थ सरोकार

काठमाडौँ । एफपीओको कर विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा बुधबार सुनवाई हुने भएको छ । १६ वटा वाणिज्य बैंक र दुई बीमा कम्पनीले दायर गरेको उक्त मुद्दाको सर्वोच्चको संवैधानिक इजलाशमा बुधबार सुनुवाई हुने भएको हो । प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासमा मुद्दाको सुनुवाई हुनेछ । 

यसअघि असोज १७ गते उक्त मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि हेर्दा हेर्दैमा परेको एफपीओको कर विवादको मुद्दामा बुधबार सुनुवाइ हुन लागेको छ । 

सरकारी लगानीका तीन वाणिज्य बैंक र एभरेष्ट बैंकबाहेक सबै बैंक अदालत पुगेका छन् । साथै उक्त मुद्दा लिएर नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स पनि अदालत पुगेको छ ।

उनीहरुले सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २६ र २७ मा समावेश गरेको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गर्ने बैंक तथा इन्स्योरेन्स कम्पनी प्रिमियममा एफपीओ निष्काश गरेका कम्पनीहरु हुन् । 

उक्त मुद्दाको सुनुवाईमा अदालतले दुवै पक्षसँग छलफल गरेपछि अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा टुँगो लगाउनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK