काठमाडौं। बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २९४ कम्पनीको ४२ लाख १३ हजार २ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ७६ लाख ३ हजार ९ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जल विद्युत, थ्री स्टार हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ७६ लाख ३ हजार ९ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा प्राइम कमर्सियल बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड प्रमोटर सेयर, हाथवे इन्भेस्टमेन्ट नेपाल, हिमालयन डिष्ट्रिलरी र सानिमा जिआईसी इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । सयपत्री हाइड्रोपावरमा यस्तो गिरावट आउँदा १०.५०% एसबिएल डेबेञ्चर २०८२, स्वाभिमान लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र १०.२५% सनराइज बैंक डेबेञ्चर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्