Skip to content
LAXMI SUNRISE BANK

गुरु न्यौपानेविरुद्ध अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा

अर्थ सरोकार

काठमाडौँ । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ । इन्साइडर कारोबार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण विभागले न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

विभागले न्यौपानेविरुद्ध १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बरबरको बिगो कायम गरी सो को दोब्बर जरिवाना गराउन माग गरेको छ । सँगै विभागले कसुरको मात्रा अनुसार न्यौपानेलाई कैद सजायको समेत माग गरेको छ । 

त्यस्तै, बिगो कायम गरिएको रकम अनुसन्धानका क्रममा रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत गर्न पनि विभागले माग गरेको छ । 

न्यौपानेले कम्पनीको अध्यक्ष रहँदाकै समय २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म कम्पनीको सेयर बिक्री गरेको देखिएको थियो । सम्पत्ति शुद्धिकरण विभागले न्यौपाने विरुद्धको मुद्दा कात्तिक २३ गते नै विशेष अदालतमा दर्ता गरिसकेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK