काठमाडौँ । तिहार सकिएको एक साता बित्दा पनि नेपाली भान्सामा तिहारमा बनाइने सेलरोटी नसकिएपछि विहानको खाजाका रुपमा उपभोग हुने पाउरोटी, बिस्कुटजस्ता खाद्य सामग्रीहरुको माग घटेको पाइएको छ । तिहारको केहि दिनसम्म पनि बाँकी रहेका सेलरोटी, वा ‘भाईमसला भाग’ मा रहेको सेलरोटी तताएर खाने पूरानो चलनका कारण बजारमा पाउरोटी, बिस्कुटजस्ता खाद्य सामाग्रीको माग घटेको हो ।
व्यवसायीका अनुसार हरेक बर्ष तिहार सकिएको केहि दिनसम्म बजारमा यस्तै प्रभाव पर्ने गरेको थियो । तिहार सकिएको केहि समयसम्म तिहारका बेला घरमा बनाइएको वा दिदीबहिनीहरुले भाईहरुलाई भाईमसलाको भागमा राखेर सेलरोटी, अनरशाजस्ता खाजा राखेर दिने हुनाले हरेक बर्ष नेपाली बजारमा केहि दिन पाउरोटी, बिस्कुटजस्ता चीजहरुको माग घट्ने गरेको छ ।
विशेषगरी विहानीको समयमा खाइने खाजाका लागि भन्दै बिक्री हुने बिस्कुट, पाउरोटी, बन, जस्ता चीजहरुको माग घटेको हो । माघ घटेपनि ती खाद्यसामग्रीको भाउ भने नघटेको व्यापारीहरुको भनाई छ । तिहारका समयमा तिहारका लागि मात्र भन्दा पनि केहि समयसम्मका लागि भन्दै सेलरोटी बनाउने चलनका कारण पनि यस्तो अवस्था आउने गरेको व्यापारीहरुको भनाई छ ।
व्यापारीहरुका अनुसार तिहार लगत्तै लालमोहन, रसबरीजस्ता मिठाईको पनि माग घट्ने गरेको छ । तिहारमा मिठाईको उपभोग धेरै हुने र तिहार लगत्तै मिठाई किन्नका लागि बजेट निकै कमले छुट्याउने हुनाले पनि यस्तो अवस्था हरेक बर्ष आउने गरेको व्यापारीहरुको भनाई छ ।
बासी नै भए पनि तताएर खाँदा मिठो र बजारमा पाइने बिस्कुटहरुको तुलनामा स्वस्थकर हुने हुँदा घरमै बनाएको सेलरोटीलाई विहानी खाजाका रुपमा उपभोग गर्नेहरु तिहारपछि बढ्ने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्