Skip to content
LAXMI SUNRISE BANK

सरकारले उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विशेष पास दिने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले उत्कृष्ट करदातालाई सिंहदरबार छिर्नका लागि विशेष पास दिने भएको छ । कर दिवसमा सम्मानित हुने करदातालाई सरकारले एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो ।

कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अर्थ सचिव कृष्णहरि पुष्करले सरकारले अब उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विशेष पास दिने भएको जानकारी दिएका छन् ।

अर्थ सचिव कृष्णहरि पुष्करका अनुसार आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन समेत दिइएको छ ।

सरकारले यसवर्ष विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । उनीहरुले अब एक वर्षसम्मका लागि सिंहदरबार छिर्नका लागि विशेष पास दिनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK