काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २९२ कम्पनीको ४४ लाख २० हजार ५ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड १० लाख ७६ हजार १ सय ५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतले भन्दा धेरै बढेको हो । यस अलवा थ्री स्टार हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स र मण्डु हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः
यसैबीच बिहीबारको सेयर बजारमा नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड १० लाख ७६ हजार १ सय ५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सानिमा जीआइसी इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट नेपालमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः
यस्तै बिहीबारको सेयर बजारमा नबिल बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नबिल बैंकमा यस्तो गिरावट आउँदा किसान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स, महुली लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः