काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए । ‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति’ कोइरालाले भने, ‘नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म अर्थतन्त्रमा समस्या आइरहन्छ ।’
एउटै व्यक्तिले दुवैतर्फ लगानी गर्दा उद्योगी व्यवसायीहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘उद्योगी व्यवसायीले बैंकको ब्याज घटाउन जतिसुकै माग गर्दा पनि ब्याज नघट्नुका कारण पनि त्यही हो,’ कोइरालाले भने, ‘सरकारले उद्योगीलाई बैंक सञ्चालन गर्न नदिने नीति बनाउनुपर्छ ।’
देशको अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि बैंकहरू नाफा आर्जन गर्न सफल भएको उनले बताए । समस्याको बेला थोरै नाफा कमाएर सेवा प्रवाह गर्नुपर्नेमा कोइरालाले जोड दिए ।
उनले एक अंकको ब्याजदर कायम नभएसम्म उद्योग व्यवसाय नफस्टाउने जिकिर गरे । अहिले देशभरका ३० प्रतिशत सटरहरू खाली भएको भन्दै कोइरालाले आर्थिक समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप समेत लगाए । त्यस्तै,कोइरालाले बैंकहरूले साना तथा मझौला उद्योगलाई सहजै ऋणसमेत प्रवाह नगर्ने गरेको बताए । ‘अझै पनि किसान, साना व्यवसायीले सहजै ऋण पाउँदैनन्,’ उनले थपे, ‘किसानले पाउने अनुदानमा पनि ठूलाबडा र पहुँचवालाकै हालीमुहाली छ ।’
देशको अर्थतन्त्र सुधार गर्न सबै दलहरू एक ठाउँमा उभिनु जरुरी रहेको कोइरालाले बताए । मुलुकमा पटकपटक राजनैतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।
अहिलेको संघीय लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको बताउँदै कोइरालाले भने, ‘तर यो व्यवस्थालाई टिकाउन राजनैतिक दल र नेताहरूको चरित्रमा सुध्रिनुपर्छ । राजनीतिलाई पेशा होइन सेवाका रुपमा लिएर अगाडि बढ्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्