×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

Artha Sarokar

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) का लागि केही जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजरका लागि केही कर्मचारी माग गरेको छ ।

कम्पनीले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुका लागि कम्पनीले ब्याजलर डिग्री गरी सम्बन्धी क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ ।

सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । ईच्छुक व्यक्तिहरुले आवेदन कम्पनीको इमेल ठेगानामा पठाउनुपर्ने जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी