Skip to content
LAXMI SUNRISE BANK

फेरी सुरु भयो सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा 

अर्थ सरोकार

काठमाडौँ । सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा पुनः सुरु भएको छ । सञ्चालनमा आएको महिनादिन पनि नबित्दै बन्द भएको उक्त सेवा आइतबारदेखि पुनः सुरु भएको हो । हाल उक्त रुटमा थप ११ वटा बस थपिएको छ । आइतबार बिहान ८ बजेदेखि नै सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस चलाइएको छ । 

योसँगै अब सूर्यविनायक–रत्नपार्क रुटमा ३६ वटा बस चल्नेछन् । यसपालि भने द्रुत बस सेवा बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म चल्ने तालिका मिलाइएको छ । 

सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने द्रुत बस तीन/तीन मिनेटको फरकमा छुट्नेछन् । यसपालि अघिल्लो पटकको भन्दा द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । द्रुत बस सेवामा सार्वजनिक बसहरुकै भाडादर लागू हुनेछ । 

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि तामझामका साथ द्रुत बस सेवा सुरु गरेको थियो । तर, उक्त सेवा सुरु भएको एक महिनामै बन्द भएको थियो । तर, यसपालि पनि द्रुत बस सेवाका लागि ठोस तयारी नदेखिएकाले सेवाको निरन्तरताको विषयमा अझै अन्योलता देखिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK