काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
अर्थात, कम्पनीले कुल १४ करोड ९४ लाख ७६ हजार ५ सय ३९ रुपैयाँ बराबरको बोनस सेयर र नगदमा ७८ लाख ६७ हजार १ सय ८६ रुपैयाँ खर्च गर्नेछ । कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।
गतवर्ष ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्