काठमाडौँ । वेयरहाउजिङ कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबर अर्थात ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाएको १० प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।
हाल कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा कम्पनीको माग अनुसार आवेदन नपरे आवेदन दिने मिति मंसिर २४ गतेसम्म थप हुनेछ । आईपीओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । आईपीओमा आवेदन दिन चाहनेले सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्