काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गइरहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘थर्ड एनएमए नेशनल हेल्थ समिट–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सोचेजस्तो काम गर्न नपाएका कारण नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् । अब ५ वर्षपछि देशमा डाक्टर र नर्स पाइने हो कि होइन भन्ने चिन्ताको विषय बनेको मन्त्री बस्नेतको भनाइ छ ।
‘यो क्षेत्रमा तपाईंहरुले चाहेको जस्तो काम गर्न पाउनुभएको छैन । मन मारेर हिँड्नु परेको छ । जसले गर्दा नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गएको छ ।’, उनले भने, ‘अब ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइने हो कि होइन भन्ने चिन्ताको विषय बनेको छ ।’
त्यस्तै, मन्त्री बस्नेतले नेपाल चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भूमिका परिमार्जन गर्न आग्रह गदै मन्त्रालय र नेपाल सरकार जुन सुकै अवस्थामा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘नेपालको स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा क्षेत्रमा तपाईंहरुले जुन भूमिका खेल्दै आइरहनु भएको छ । अझ यसमा परिमार्जित भएर अगाडि बढ्नुहोस् ।’, उनले भने, ‘सरकारले जुनसुकै अवस्थामा पनि तापाईंहरुको साथमा रहेर काम गर्ने छ ।’
मन्त्री बस्नेतले कुनै पनि अवस्थामा ६ महिना भित्रमा देशको स्वास्थ्य क्षेत्र, देशको चिकित्सा क्षेत्र र सेवालाई आश गर्न लायकको बनाउन जरुरी रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्