काठमाडौं । सुर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले मङ्सिर ११ गते सोमबारदेखि ६० लाख ६ सय १६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यलय महालक्ष्मी-४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरे सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।