×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पुन: सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ११७४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर ११७७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले बढेर प्रतितोला ११७१५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १५०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ४ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ८६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी