काठमाडौँ । टिकटक जस्तै ‘रमाइलो’ एप पुन:सञ्चालनमा आएको छ । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भई केही दिन रोकिएको मोबाइल एप ‘रमाइलो’ पुन:सञ्चालनमा आएको हो ।
कम्पनीले एक सुचना जारी गर्दै गुगल प्ले स्टोरका केही शर्त पूरा गरी एप पुन:सञ्चालनमा आएको जनाएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ ।
कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको कम्पनीले जनाएको छ ।
यस एपमा भिडियो हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट, शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधासमेत दिएको छ ।कम्पनीले केही दिनमै एपस्टोरमा पनि रमाइलो एपलाई उपलब्ध गराने छ ।
कम्पनीले रमाईलो एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न आग्रह गरेको छ । प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकाश गर्दै लैजाने कम्पनीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्