Skip to content
LAXMI SUNRISE BANK

माण्डु हाइड्रोपावरको मंसिर १५ गते साधारणसभा हुने

अर्थ सरोकार

काठमाडौं । माण्डु हाइड्रोपावरको साधारणसभा हुने भएको छ । हाइड्रोपावरको साधारणसभा मंसिर १५ गते शुक्रबार हुने भएको हो । सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाईएको छ ।

सभा प्रयोजन लागि हाइड्रोपवारले मङ्सिर ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मङ्सिर ३ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउने छन् । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

त्यस्तै, अन्य नियमित एजेण्डाहरु पारित गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK