×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार बुधबार बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।

बुधबार युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी