काठमाडौँ । नेप्सेको सिस्टममा आएको गडबडीका कारण बुधबार बिहान नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार हुन सकेन । प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएपछि बुधबार बिहान नेप्सेमा कुनै पनि कारोबार हुन नसकेको हो ।
प्रिओपनिङ कारोबार हुन नसकेपछि ११ बजेदेखि हुने नियमित कारोबारमा पनि बुधबार बिहान समस्या देखिएको छ । अचानक सिस्टममा समस्या देखिएर कारोबार नै नखुलेपछि सेयर लगानीकर्ताहरु कारोबार गर्नबाट बञ्चित भएका छन् ।

नेप्सेले भने सिस्टममा आएको खराबीलाई प्राविधिक समस्या भनेको छ । नेप्सेले बिजुली अवरुद्ध हुँदा सिस्टम डाउन भएकाले कारोबार हुन नसकेको दाबी गरेको छ ।
कारोबार समयमा सिस्टम डाउन हुँदा कारोबार नै नखुलेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् । उनीहरुले नेप्सेको थोत्रो सिस्टमले पटकपटक दुःख दिइरहेको भन्दै अन्तराष्ट्रियस्तरको नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको बताएका छन् ।
कतिपय लगानीकर्ताले त सामाजिक सञ्जालमा ‘नयाँ स्टक एक्सचेञ्जको विरोध गर्नेहरु कहाँ छन् ?’ भन्दै खिसिट्युरी गरेका छन् । नेप्सेमा समय समयमा देखिने यस्ता समस्याका कारण लगानीकर्तालाई अरबौँ घाटा लाग्ने गरेको भन्दै लगानीकर्ताले यथाशिघ्र नयाँ स्टक एक्सचेञ्ज आउनुपर्ने माग समेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्