Skip to content
LAXMI SUNRISE BANK

एनसेलको सेयर बेचेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय, एनसेलको पनि रिब्रान्डिङ हुने ! 

अर्थ सरोकार

काठमाडौँ । आजियाटाले एनसेलबाट बाहिरिने घोषणा गरेको छ । एनसेलको माउ कम्पनीका रुपमा रहेको आजियाटाले नेपालमा व्यवसायिक चुनौती देखिएको भन्दै एनसेलबाट बाहिरिने घोषणा गरेको हो । एनसेलबाट बाहिरिने निर्णय आजियाटाको सञ्चालक समितिको बैठकले गरिसकेको छ । 

एनसेलबाट बाहिरिँदै नेपालबाट लगानी झिक्ने घोषणा गरेको आजियाटाले एनसेल बिक्रीमा राख्ने समेत निर्णय गरिसकेको छ । 

आजियाटाका प्रमुख कार्यकारी अधिकृत विवेक सुदका अनुसार एनसेलबाट लगानी झिक्ने निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराइसकिएको छ । एनलेसलमा आजियाटा ग्रुपको  ८० प्रतिशत स्वामित्व रहेको छ । एनसेलको बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ । 

लगातार नेपालको अर्थतन्त्रमा देखिँदै गरेको शिथिलता र कमजोर व्यवसायीक पर्फमेन्सका कारण आजियाटाले एनलेसबाट बाहिरिने निर्णय गरेको हो । एनलसेलबाट बाहिरिएसँगै आजियाटा थप बलियो हुने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले गरेको छ ।

एनसेलबाट बाहिरिने घोषणासँगै आजियाटाले एनसेल बिक्रीमा राखेको छ । एनसेलमा रहेको ८० प्रतिशत सेयर बेचेर नेपालबाटै आजियाटा बाहिरिने भएपछि एनसेलको पनि रिब्राण्डिङ गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK