×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १७.९३ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार १७.९३ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २८५ कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड २८ लाख ९७ हजार ३० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा विजया लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा कुमारी धनवृद्धि योजना, सिटिजन्स म्युचुअल फण्ड-२, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, सानिमा लार्ज क्याप फण्ड र एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड २८ लाख ९७ हजार ३० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ९% एनआइसी एशिया डेबेञ्चर २०८१/८२, सिटिजन्स लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक लिमिटेड प्रमोटर सेयर, सोल्टी होटल लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । बुद्धभुमि नेपाल हाइड्रोपावरमा यस्तो गिरावट आउँदा अभियान लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, स्वेत-गंगा हाइड्रोपावर र युनिलिभर नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी