Skip to content
LAXMI SUNRISE BANK

ड्युटी समयमा प्रहरीलाई मोबाइल चलाउन प्रतिबन्ध ! 

अर्थ सरोकार

काठमाडौँ । कर्णाली प्रदेशमा ड्युटी समयमा प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । एक परिपत्र जारी गर्दै प्रदेश प्रहरी कार्यालय कर्णालीले  ड्युटीमा रहेका बेला प्रहरीलाई मोबाइल चलाउन प्रतिबन्ध लगाएको छ । योसँगै अब ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल फोनको प्रयोग गर्न नपाउने भएका छन् । 

तर, यो नियम टिम कमान्डरको हकमा भने लागू हुने छैन । ड्युटी समयमा अत्यावश्यक परे प्रहरी कर्मचारीले कमान्डरको फोन प्रयोग गर्न भने पाउनेछन् ।

ड्युटी समयमा मोबाइलको प्रयोग गर्दा काम प्रभावकारी नहुने, सुरक्षा निगरानी फितलो हुने तथा अपराध तथा अनुसन्धानमा बाधा पुग्ने निष्कर्षसहित ड्युटीमा मोबाइल चलाउन प्रतिबन्ध लगाउने निर्णय गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ । 

योसँगै अब प्रहरीप्रति नागरिकको विश्वास पनि बढ्नेमा विश्वास गरिएको छ । यसपश्चात् पनि ड्युटीको समयमा मोबाइल चलाएको पाइए कारवाही गरिने प्रदेश प्रहरी कार्यालयले चेतावनी दिएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK