×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १८.०६ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार १८.०६ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २८९ कम्पनीको ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ६७ लाख १२ हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाको भएको छ । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा एनआइबिएल प्रगति फण्ड, लक्ष्मी भ्यालु फण्ड-२, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, छिमेक लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड-३ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ६७ लाख १२ हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर, सोल्टी होटल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । विजय लघुवित्तमा यस्तो गिरावट आउँदा माउनटेन इनर्जी नेपाल, युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड-२ र खानीखोला हाइड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी