×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन पेन्टस् नेपालद्धारा भूकम्प पीडित समुदायलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एशियन पेन्टस् नेपालद्धारा भूकम्प पीडित समुदायलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग

Artha Sarokar

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग गरेको छ । कम्पनीले जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा भुकम्पबाट मानवीय तथा भौतिक क्षति भएका समुदायलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

यस्तै, विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपाल कृष्णनले मंसिर १२ गते  प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गत कार्तिक १७ मा गएको ५.७ म्याग्निट्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । कम्पनीले दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्बाट पीडित समुदायसँग एकबद्धता प्रकट गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी