×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौं दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले घटेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १५४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख २ हजार २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १ हजार ५ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय २० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी