×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमर्जिङ्ग नेपालको ८औँ वार्षिक साधारण सभा सम्पन्न, ८.४२ % लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इमर्जिङ्ग नेपालको ८औँ वार्षिक साधारण सभा सम्पन्न, ८.४२ % लाभांश पारित

Artha Sarokar

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इमर्जिङ्ग नेपालको  वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ८ औँ  वार्षिक साधारण सभा बानेश्वर ब्याङक्वेट नयाँ बानेश्वर काठमाडौँमा शुक्रबार सम्पन्न भएको हो ।

सो सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, आषाढ मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९-८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत पारित गरेको छ ।

सभाले ८.४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८.४२ रुपैयाँ नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले इमर्जिङ्ग नेपाल स्थापना भएको हो ।

कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी