काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ९५ लाख २९ हजार २ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा थ्री स्टार हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा सबैको लघुवित्त वित्तीय संस्था, इङवा हाइड्रोपावर, माई खोला हाइड्रोपावर, मोलुंग हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको बढी कारोबार भएको छ । यस कम्पनीको ६ करोड ९५ लाख २९ हजार २ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हाथवे इन्भेस्टमेन्ट नेपाल, सिटिजन्स लाइफ इन्स्योरेन्स, युनाइटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा माउनटेन इनर्जी नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । माउनटेन इनर्जीमा यस्तो गिरावट आउँदा युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ र कुमारी इक्वटीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्