Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १५४५ रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ४ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३ हजार ७ सय ३५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK