काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मङ्सिर १७ गते आइतबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय हो ।
उक्त प्रसतावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०:३० बजे सुरु हुने जनाईएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रथावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
गत वर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनक लागि १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्