काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिवलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो ।
नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार मंगलबार साँझ साढे ५ बजे मशाल जुलुस गरिने भएको छ । त्यस्तै, २० गते न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते देशव्यापी जनप्रदर्शन गरिने छ ।
आफ्ना नेताहरुविरुद्धको पक्राउ पुर्जी २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लंघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्