काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभा हुने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले पुस १३ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जनाईएको छ ।
सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्