Skip to content
LAXMI SUNRISE BANK

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने ! 

अर्थ सरोकार

काठमाडौँ । बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने भएको छ । बुद्ध एयरले मंसिर तथा पुसको विवाहपञ्चमीभित्र नवविवाहित १० जोडीलाई टिकट उपहार दिने भएको हो ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै बुद्ध एयरले यस्तो जानकारी दिएको हो । 

बुद्ध एयरका अनुसार नवविवाहित १० जोडीले बुद्ध एयरका तर्फबाट काठमाडौँ–पोखराको दुईतर्फी हवाई टिकट उपहार पाउनेछन् । बुद्ध एयरको टिकट उपहार पाउनका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्वीर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । 

यसरी पोष्ट भएका नवविवाहित १० जोडीलाई शुभकामनासहित पोखराको हवाई टिकट उपहार दिइने बुद्ध एयरले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK