काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले बढेर एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १४६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख १ हजार ६ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार २ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।