काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छाता संस्थाहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणप्रति आपत्ति जनाएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले आपत्ति जनाएका हुन् ।
उनीहरुले एक वाणिज्य बैंकको बिर्तामोड, झापा शाखामा कार्यरत कर्मचारी माथि भएको धरपकड प्रति घोर आपत्ती रहेको जनाएका छन् । ‘आफ्ना ग्राहकहरुलाई सेवा-सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनिय छ ।’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका छन् ।
साथै, बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग उनीहरुले अनुरोध गरेका छन् ।