काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा रहेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः