काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । शुक्रबार भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको प्रमुख भन्सार प्रशासक डा.टोकराज पाण्डेले जानकारी दिएका हुन् ।
पौडेलको संयोजकत्वको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखाअधिकृत मञ्जु थापा रहेको उनले जानकारी दिए ।
सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । सुन ल्याउने चन्द्र घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए । उनले भने, ‘सुन जस्तो देखिने पहेंलो धातु परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । यस सम्बन्धमा थप छानविनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।’
बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्