काठमाडौं । काठमाडौंमा आलु र प्याजको मूल्य वृद्धी भएको छ । सरकारले आयात गरिएको र स्वदेशमा उत्पादन गरिएको आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि आलु र प्याजको मूल्य वृद्धि भएको हो ।
सरकारले कृषि उत्पादनमा भ्याट लगाउने निर्णय गरेसँगै व्यपारीहरुले आलु प्याज जस्ता तरकारीको बिक्री वितरण ठप्प परेका छन् । सरकारले गरेको अव्यवारिक निर्णयको विरोध गर्दै उनीहरुले आलु र प्याज बिक्री वितरण ठप्प परेका हुन् ।
त्यस्तै, बजारमा आलु र प्याजको अभाव सिर्जना गरेर व्यपारीहरुले बढी मूल्यमा आलु प्याज बिक्री गरिरहेको पनि पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्यसूचीमा आलु र प्याजको मूल्य सार्वजनिक नगर्दा व्यपारीहरुले मनपरी शुल्कमा आलु र प्याज बिक्री गरिरहेका छन् ।
नेपाललीको भान्सामा दैनिक प्रयोगमा आउने आलु र प्याजको अभाव भएपछि गृहिणीहरु तनाबमा परेका छन् ।
यता, भारतले बिहीबार एक राजपत्र जारी गर्दै प्याज निर्यात थप लम्ब्याएको जानकारी गराएको छ । भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले प्याज निर्यात थप तिन महिना लम्ब्याएको छ ।