×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युतको लाभांश घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिलिमे जलविद्युतको लाभांश घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिलिमे जलविद्युतले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मङ्सिर २२ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीमा वितरण हुनेछ । गत वर्ष कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले लाभांश पारित गर्नका लागि पुस २० गते वार्षिक साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी